दफा २४
संरक्षित वनको कार्ययोजना
: (१) संरक्षित वनमा गरिने वन सम्वन्धी कार्यहरुको व्यवस्थापनको लागि डिभिजन वन कार्यालयले तोकिए बमोजिम कार्ययोजना तयार गरी निर्देशनालय मार्फत प्रदेश मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा प्रदेश मन्त्रालयले निर्देशनालयमा फिर्ता पठाउन सक्नेछ र निर्देशनालयले आवश्यक हेरफेर गरी आफ्नो राय सहित पठाएपछि सो कार्ययोजना प्रदेश मन्त्रालयले स्वीकृत गर्नेछ ।
(३) उपदफा (२) बमोजिम स्वीकृत भएको कार्य योजना डिभिजनल वन अधिकृतले लागू गर्नेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संरक्षित वन क्षेत्र भित्र रहेका अन्य व्यवस्थापन प्रणली अन्तर्गतका वनको व्यवस्थापन उपदफा (१) बमोजिमको कार्ययोजना अनुरुप नै गर्नु पर्नेछ ।